१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

१६ वर्ष पुरानो देउसी भैलो गीत परिमार्जनसहित फेरी आयो बजारमा (भिडियोसहित)



काठमाडौं । २०६२ सालमा नेपालमै पहिलो पटक देउसी भैलोको भीसीडी निकालेका लोक गायक बम बहादुर कार्कीले रेकर्ड भएको १६ वर्ष पछि सोही गीतलाई युट्युवमार्फत सार्वजनिक गरेका छन् । १६ वर्ष अगाडी राम्रो बजार लिएको देउसी भैलो गीतको भिडीयो परिमार्जन गर्दै कार्कीले युट्यूवमा सार्वजनिक गरेका हुन् ।

तिहारको अवसरमा नेपालमा गाइने देउसी र भैलोको भाकालाई टिपेर तयार गरिएको गीतमा मौलीकता र नेपालीपन झल्केको गायक कार्कीले बताए । बमबहादुर कार्की, शिवा आले, खड्ग गर्बुजा, शर्मिला गुरुङ, चन्द्रकला शाह, ऋषि अधिकारी, नबिन पौडेल, राधीका हमाल, सम्मन गुरुङ, पवित्रा थापा, मिना गुर्वुजा, लक्ष्मी बस्नेत, नवमाया घले, मनु गुरुङको आवाज रहेको देउसी भैलोको शब्द संकलन बमबहादुर कार्की र शिवा आलेले गरेका छन् भने निर्देशन गोपाल केसीको रहेको छ ।

तत्कालको अवस्थामा भीसीडीमा लगानी गरेको लगानीकर्ता (उत्पादक) गोपाल के सी र गोमा के सी, भिडियो निर्माता गोपाल बासकोटा, संगीत संयोजक आइ सिङ लामा, बाद्यबादक तीर्थबहादुर गन्धर्व र ढालबहादुर नेपालीको मृत्यु भईसकेको गायक कार्किले बताए । ६ जना सर्जकहरुको स्मरणमा नै युट्यूव च्यानलमा नयाँ संस्करण ल्याइएको समेत उनले बताए ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : १९ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई