२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आगामी निर्वाचनमा काँग्रेसले कसैसँग सहकार्य गर्दैन : काँग्रेस नेता मिन विश्वकर्मा



बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले नारा अनुसार समावेशी रुपमा नेपाली काग्रेसलेमात्र काम गर्दै आएको दाबी गरेका छन् । बुटवलमा काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले जनताको भावना अनुसार चल्ने पार्टी नेपाली काँग्रेस मात्र भएको बताए ।

विश्वकर्माले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग सहकार्य नगर्ने बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अगाडी लैजाने बताउँदै कसैसँग पनि सहकार्य नगरी एक्लै चुनाव जित्ने दाबी गरे । ‘आउने चुनावमा पार्टीलाई एकढिक्का बनाएर हामि कसैसँग पनि सहकार्य नगरी एक्लै चुनाव जित्छौं ।’, उनले भने ।

उनले कम्युनिष्टहरुबाट देश र जनताको हितमा काम हुन नसक्ने प्रमाणित भइसकेको बताउँदै मुलुकको अभिभारा फेरी काँग्रेसको काँधमा आएको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै काठमाडौ महानगरपालिकाका उपप्रमुख एवं काँग्रेस नेतृ हरिप्रभा खड्कीले हरेक पार्टीमा महिलाहरु अझै पनि नेतृत्वमा आउन नसकेको दुखेसो गरिन । पुरुष सरह महिलाहरु पनि नेतृत्व गर्न सफल रहेको भन्दै उनले महिलालाई घरायसी कामबाट मुक्त गराएर राजनितिमा ल्याउनुपर्ने बताइन् ।

महासमिति सदस्य काजीमान श्रेष्ठले नेपाली काग्रेसमा एउटा लहर आएको भन्दै नया पार्टी प्रवेश गरेका सदस्यलाई पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी दिने र उत्प्रेरणा दिन जरुरी रहेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ११ मा भएको कार्यक्रममा स्थानिय ५ सय बढी अन्य पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई काँग्रेस केन्द्रीय सदस्य विश्वकर्मा, कठमाडौं महानगरकी उपप्रमुख खड्की लगायतले फुलमाला र टिका लगाउँदै पार्टी प्रवेश गराएका थिए ।

कायृक्रममा महासमिति सदस्य युवराज गिरी, बाल कुमारी भण्डारी, राम बहादुर कार्कि, क्षेत्र नं २ का सभापति हरि लम्साल नेपाल, नेपाली काग्रेस पार्टी रुपन्देही जिल्ला सचिव रामकृष्ण खाड, नगर सभापति खेलराज पाण्डे, वडा नं ११ का सभापति जित बहादुर मल्ल लगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ५५ बजे

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर