३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानन्यायाधीस विरुद्ध बार आन्दोलनको काउन्टरमा इजलास बहिस्कार गर्ने न्यायाधीस विरुद्ध प्रदर्शन



काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै वकिल र कलाकारहरुको एक समूहले अलगअलग प्रदर्शन गरेको छ ।

न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारहरुको समुहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका छन् ।

यसगरी वकिलहरुको एक समूहले इजलास बहिस्कार गरेका न्यायाधीशहरुलाई काममा फर्किन दबाब दिँदै प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरु समेत प्रदर्शन गरेका छन् ।

प्रदर्शकारीले ‘मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको स्वभा दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजीनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा’ लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै नेपाल बार एशोसिएसनले आजदेखि चरणवद्ध आन्दोलन सुरु गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : ०१ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र