२९ माघ २०८२, बिहिबार | February 12, 2026

प्रधानन्यायाधीस विरुद्ध बार आन्दोलनको काउन्टरमा इजलास बहिस्कार गर्ने न्यायाधीस विरुद्ध प्रदर्शन



काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै वकिल र कलाकारहरुको एक समूहले अलगअलग प्रदर्शन गरेको छ ।

न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारहरुको समुहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका छन् ।

यसगरी वकिलहरुको एक समूहले इजलास बहिस्कार गरेका न्यायाधीशहरुलाई काममा फर्किन दबाब दिँदै प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरु समेत प्रदर्शन गरेका छन् ।

प्रदर्शकारीले ‘मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको स्वभा दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजीनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा’ लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै नेपाल बार एशोसिएसनले आजदेखि चरणवद्ध आन्दोलन सुरु गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : ०१ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका