१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमसीसी पास गर्न नसकेपछि एमाले अध्यक्ष केपी ओलीले नेकपा विभाजन गरे : माओवादी प्रवक्ता महरा



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय प्रवक्ता कृष्ण बहादुर महराले एमसीसी पास गर्न नपाएकै कारण एमाले अध्यक्ष केपी ओलीले नेकपा बिभाजन गराएको आरोप लगाएका छन् । वाईसिएल नेपालद्धारा बाँकेको कोहलपुरमा आईतबार आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महराले एमसीसी पास गर्न नसकेको झोँकमा ओलीले नेकपा विभाजन र संसद विघटन गरेको आरोप लगाएका हुन् ।

आफुलाई स्वघोषीत राष्ट्रवादी भन्ने ओलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसि पास गराउन चाहेको उल्लेख गर्दै महराले फुटाएपछि पनि एमसीसी पास हुने नदेखिएपछि संसद विघटन गरेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसीसी पास हुन नसकेको बताउँदै माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए । महराले सहिदका सपना र रगतका कारण पनि माओवादीले राष्ट्रघात गर्न नसक्ने महराको भनाई छ ।

एमसीसी पास गर्न नदिएकै कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेश प्रतिक्रिया वादीको चलखेल हुनसक्ने महराले बताए ।

कार्यक्रममा बोल्दै माओवादी युवा संगठन वाईसीएल नेपालका सहसंयोजक सुबोध राज सेर्पाइलीले माओवादी एजेण्डा र माओवादीले हाल सम्म गरेका कामहरु लिएर जनतामाझ जान वाईसीएल नेता कार्यक्रर्ता लाई निर्देशन दिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ११ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर