६ भदौ २०८३, शनिबार | August 23, 2026

एमसीसी पास गर्न नसकेपछि एमाले अध्यक्ष केपी ओलीले नेकपा विभाजन गरे : माओवादी प्रवक्ता महरा



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय प्रवक्ता कृष्ण बहादुर महराले एमसीसी पास गर्न नपाएकै कारण एमाले अध्यक्ष केपी ओलीले नेकपा बिभाजन गराएको आरोप लगाएका छन् । वाईसिएल नेपालद्धारा बाँकेको कोहलपुरमा आईतबार आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महराले एमसीसी पास गर्न नसकेको झोँकमा ओलीले नेकपा विभाजन र संसद विघटन गरेको आरोप लगाएका हुन् ।

आफुलाई स्वघोषीत राष्ट्रवादी भन्ने ओलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसि पास गराउन चाहेको उल्लेख गर्दै महराले फुटाएपछि पनि एमसीसी पास हुने नदेखिएपछि संसद विघटन गरेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसीसी पास हुन नसकेको बताउँदै माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए । महराले सहिदका सपना र रगतका कारण पनि माओवादीले राष्ट्रघात गर्न नसक्ने महराको भनाई छ ।

एमसीसी पास गर्न नदिएकै कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेश प्रतिक्रिया वादीको चलखेल हुनसक्ने महराले बताए ।

कार्यक्रममा बोल्दै माओवादी युवा संगठन वाईसीएल नेपालका सहसंयोजक सुबोध राज सेर्पाइलीले माओवादी एजेण्डा र माओवादीले हाल सम्म गरेका कामहरु लिएर जनतामाझ जान वाईसीएल नेता कार्यक्रर्ता लाई निर्देशन दिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ११ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र