२९ चैत्र २०८२, आइतबार | April 12, 2026

उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन अर्थमन्त्री शर्माले निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्ने बताए ।

मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह गरे । ‘उत्पादनमा केन्द्रित भएर मात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उनले भने, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन । हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’

समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने औँल्याउँदै शर्माले त्यसतर्फ नेतृत्व, कार्यकर्ता तथा जनता सबै लाग्नुपर्ने बताए । उनले कुनै पनि कार्य गर्दा नेता तथा नेतृत्वलाई जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्ने बताउँदैै खबरदारी नभए नेता बाटोबाट बहकिने खतरा बढ्ने बताए । ‘जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्छ, त्यसो भएन भने नेता काम लाग्दैन’, उनले भने ।

मन्त्री शर्माले स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै स्रोत र साधन उपलब्ध गराए स्थानीय स्तरका सडक पूर्वाधारलगायतका कामहरू आफैँ गर्न सकिने जिकिर गरे । संघीयताको पूर्ण कार्यान्वयनका लागि पनि स्थानीय तहलाई थप अधिकार र स्रोत उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ५३ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्