१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट : लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा



काठमाडौं । लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो ।

जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो ।

श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका राजपक्षे र दासुन शनाका समान २६ रनको योगदान दिए ।

इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २-२ विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।

इंग्ल्यान्डका ओपनर जस बटलरले १०१ रनको अविजित शतकीय इनिङ खेले । ओईन मोर्गनले ४० रनको योगदान दिए ।

श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ३ विकेट लिए ।

यसअघि इंग्ल्यान्डले वेस्टइन्डिज, बंगलादेश र अष्ट्रेलियालाई पराजित गरेको थियो ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । अष्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश अंक तालिकाको पुछारमा छ ।

समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : २७ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत