८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त



काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् ।

पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राई प्रस्तुत गरेको दाबीका आधारमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा नियुक्त गरेको उनको स्वकीय सचिवले बताएका छन् ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले आज १ बजे सम्मका लागि दाबी प्रस्तुत गर्न दहरुलाई आह्वान गरेका थिए । समयसीमा सकिए लगत्तै आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ । राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको बुझिएको छ ।

आजै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट एक–एक जना मन्त्री बन्ने छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : ११ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन