२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेश



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा गरेपछि कांग्रेसका शाहीले गठबन्धनकै तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेशसभामा ६ सदस्य मात्र रहेको कांग्रेस सरकार गठनमा निर्णायक अवस्थामा रहेका कारण निवर्तमान मुख्यमन्त्री शाहीले गत बैशाखमा विश्वासको मत लिने समयमा ६ महिनापछि शाहीलाई सत्ता सुम्पिने सहमति गरेका थिए । सोही सहमतिअनुसार महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । उनलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ३ गरी २१ सांसदले समर्थन गरेका छन् । कर्णाली प्रदेशसभा अहिले ३५ सदस्यीय मात्र रहेको छ ।

शाहीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरी राति ८ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ५३ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती