२३ चैत्र २०८२, सोमबार | April 6, 2026

१६ महिनाका लागि जीवनबहादुर शाही बने कर्णाली प्रदेशको मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशमा सौहार्दपूर्णरुपमा सत्ता हस्तान्तरण भएको छ । पूर्व भद्र सहमती अनुसार माओवादी केन्द्रका नेता महेन्द्र बहादर शाहीले नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको पद हस्तान्तरण गरेका छन् । सहमति अनुसार शाहीले राजीनामा दिएपछि राजीनामा दिएका शाही सहितको समर्थनमा जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।

आज साँझ मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीका रूपमा मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । उनी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका थिए । एमाले र मओवादी अलग भएपछि गत वैशाख ३ मा मुख्यमन्त्री पदमा माओवादी नेता शाहीले विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उनलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ५६ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती