१५ माघ २०८२, बिहिबार | January 30, 2026

काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु



काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस-के ले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. शहिद अहदले बताए । दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए । १५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : २२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला