१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयको आर्थिक बर्ष २०७८/२९ को बार्षिक कार्यक्रम सार्वजनिक



बुटवल । लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गतका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयले आर्थिक बर्ष २०७८/२९ को बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् ।

मत्स्य विकास निर्देशनालय रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा मार्फत् निर्देशनालयहरुले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको हुन ।

कृषि विकास निर्देशनालयले ८ करोड ४ लाख ४६ हजार रुपैयाँको कार्यक्रम सार्वजनिक गरेको छ । बजेटमध्ये ३ करोड ६९ लाख ८० हजार रुपैयाँ पूँजिगत तर्फ र ४ करोड ३८ लाख ६६ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरी कार्यक्रमहरु तय भएका छन् ।

चालूतर्फका कार्यक्रममा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, कृषि तथा पशुपन्छि श्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम, कृषि तथा पशुपन्छिजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमहरु प्राथमकितामा परेका छन् ।

निर्देशनालयका बरिष्ठ कृषि प्रसार अधिकृत रामप्रसाद पाण्डेले बजेटले कृषि उत्पादनको बढोत्तरीलाई प्राथमिकतामा राखेको बताए । कार्यक्रम सार्वजनिक गर्दै उनले समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजनाको कार्यन्वयन हुने गरी कार्यक्रम निर्माण गरिएको बताए ।

त्यस्तै मत्स्य तथा पशुपन्छि विकास निर्देशनालयले ६ करोड ६२ लाख ७१ हजार रुपैयाँको बार्षिक बजेट अनुसारको योजना सार्वजनिक गरेको छ । कुल बजेटमध्ये पूजिगत तर्फ ८४ लाख ५० हजार रुपैयाँ पूजिगततर्फ, २ करोड २० लाख ५७ हजार रुपैयाँ चालु खर्च तर्फ विनियोजन गरिएको छ भने ३ करोड ५७ लाख ६४ हजार रुपैयाँको कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमले पूर्वपश्चिम राजमार्ग लक्षित नीजि तथा सहकारीको साझेदारीमा मिल्क पार्लर स्थापना तथा गौशाला आयमुलक कार्यक्रम जस्ता नयाँ कार्यक्ररम समावेश गरिएको जानकारी दिए । उनले आर्थिक बर्ष ०७८/७९ को बार्षिक कार्यक्रममा अनुदानका कार्यक्रमहरुमा धेरै कटौती गरिएको जानकारी दिंदै अनुदानिक कार्यक्रमहरु मातहतका जिल्ला कार्यालयहरुलाई दिइएको बताए । उनले भने, ‘अनुदान कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी सूचना प्रकाशनका साथै पत्राचार गरी प्रकृया अगाडि बढेको छ ।’

कार्यक्रमकी प्रमुख अतिथी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकी सचिव डा.शान्ता कार्कीले कृषि उत्पादननोन्मुख अनुदानिक कार्यक्रमहरुलाई प्रकावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताइन् । कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा दुबै निर्देशनालय मातहतका जिल्ला तहका कार्यालयका प्रतिनिधि तथा कृषकहरुको सहभागित रहेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ०० बजे

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा