२१ चैत्र २०८२, शनिबार | April 4, 2026

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो



काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बुधबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा रु ४४० वृद्धि गरिएको जनाएको छ ।

यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु ४४० बढेको छ । यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर रु चार हजार छोटो गन्तव्य २४० कायम भएको छ । काठमाडौं-सिमरामा सबैभन्दा कम रु ९५ वृद्धि भएको छ । यो गन्तव्यमा पनि साविकमा ७७० रहेकामा बढेर ८६५ कायम भएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा ११.६ प्रतिशत ९१० रुपैयाँ प्रतिलिटर० बढाएको थियो । सोहीअनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ ।

हवाई इन्धनको मूल्य रु ८६ प्रतिलिटरबाट बढेर रु ९६ प्रतिलिटर पुगेको छ । पर्वतीय उडानमा पनि रु ३४५ भाडा वृद्धि भएको छ । हवाई यात्रुले अब काठमाडौंबाट भद्रपुरमा रु ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ इन्धन चार्ज बढी तिर्नुपर्नेछ । तुम्लिङटारमा १८५, राजविराजमा २०५, नेपालगञ्जमा ३३० बढी भाडा तिर्नुपर्नेछ ।

पोखरा-भरतपुरमा ११०, पोखरा-भैरहवामा १३०, पोखरा-सिमरामा २२०, पोखरा-नेपालगञ्जमा २३५, पोखरा-विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब रु ३१५ बढी लाग्ने छ । विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । त्यस्तै भरतपुर-भैरहवा रुटमा रु १३५ भाडादर बढेको छ ।

प्राधिकरणले मङ्गलबारदेखि लागू हुने गरी अनुमोदन गरेको र सोहीअनुरुप बढेको इन्धन चार्ज सबै एयरलाइन्सलाई पठाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ६ : ४७ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।