२१ असार २०८३, आइतबार | July 5, 2026

एमसीसी बारे अमेरिकालाई पत्र पठाएको प्रचण्डबाट स्वीकार, संशोधन बिना पारित हुननसक्ने पत्र पठाएको दाबी



काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर नभई राष्ट्रिय सहमति बिना एमसीसी पारित हुन नसक्ने व्यहोरोको पत्र पठाएको बताएका छन् । उनले एमसीसी यथास्थितीम पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् ।

देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयले देशभरि तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताए ।

उनले प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको उल्लेख गर्दै एमसीसी सम्झौता नसच्याई पारित नहुने जिकीर गरे । ‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एउटा कायृक्रममा बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’

उनले एमसीसी सम्बन्धमा अमेरिकालाई पत्र लेखेको स्विकार गर्दै भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’

विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि प्रश्न उठेको प्रचण्डले बताए । उनले अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने नहुने भन्दै अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा भएको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले थपे, ‘त्यतिबेला हामी पनि सरकारका थियौं । शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा पार्लियामेन्टमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसका पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो र यो विवाद बन्न आएको हो ।’

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ४ : १४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ