११ श्रावण २०८३, सोमबार | July 27, 2026

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र



बागलुङ । नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको मुख्य गन्तव्यको रूपमा सिकार पर्यटन र अवलोकनको लागि ढोरपाटन उपत्यकालाई लिने गरिन्छ ।

सिकार पर्यटन र उपत्यका धेरै प्रचारित पर्यटकीय क्षेत्र हुन् । सिकार पर्यटन सबैको पहुँच बाहिरको विषय हो । उपत्यका अवलोकन सहज योग्य क्षेत्र । यद्यपि ढोरपाटन क्षेत्रका पर्यटकीय गन्तव्य यतिमा मात्रा सीमित छैनन् । ढोरपाटन उपत्यकादेखि ४/५ घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुकी क्षेत्र ढोरपाटनको खास र आकर्षक पर्यटकीय गन्तव्य हो ।

ढोरपाटन घुम्न जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन उपत्यका, उत्तरजंगा र ढोरबराह मन्दिरमा पुगेर फर्किन्छन् । स्थानीयवासी, गोठाला, सिकार आरक्षमा कार्यरत कर्मचारीलाई थाहा नभएको तर धेरै प्रचार र पहुँचमा नभएको फागुने लेक, गार्पा लेक, जलजला, निसेल ढोर क्षेत्र ओझेलमा परेका छन् ।

करिब चार हजार मिटरको उचाइमा रहेका उक्त बुकी क्षेत्र धौलागिरि, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्नको लागि उपयुक्त क्षेत्र हुन् । बुकी क्षेत्र जहाँ पुग्दा मरुभूमिको अभाव हुन्छ ।

स्थानीय श्याम कुमार विकका अनुसार बुकी क्षेत्रमा पर्यटकलाई पुर्‍याउन सके मात्रा ढोरपाटनको थप महत्त्व र गन्तव्यको रूपमा विकास हुनेछ । बुकी क्षेत्रमा ठूला रुख हुँदैनन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि मरुभूमिको झल्ने दिने विकको भनाई छ ।

‘धेरै पर्यटकलाई ढोरपाटन भन्ने उपत्यका मात्रा हो भन्ने बुझाई छ,’ स्थानीय चकबहादुर अदैले भने, ‘प्रकृति प्रेमी पर्यटकलाई बुकी क्षेत्र थप आकर्षक गन्तव्य हो ।’ बुकी क्षेत्रमा पुग्ने पहुँच मार्गको निर्माण र प्रचार गर्न सके हिमाली पर्यटक आकर्षण गर्न सकिन्छ । बुकी क्षेत्रमा जंगलको बाटो हुँदै पैदल यात्रा र घोडा सवारमार्फत पुग्न सकिन्छ ।

उक्त क्षेत्रमा पुगेपछि आँखै अगाडी देखिन दन्त लहर हिमशृङखलाले उकालो यात्राको थकान र चिसो भुलाउने ढोरपाटन नगरपालिका-६ का वडाध्यक्ष जीवन पुनको भनाई छ । ‘बुकी क्षेत्रको पर्यटकीय दृश्य अद्भुत छ,’ उनले भने, ‘बर्खामा गोठाले जीवन शैली हिउँदमा हिउँले भरिभराउन हिमालय रेन्ज अवलोकन गर्न मज्जा आउँछ ।’ ढोरपाटन क्षेत्रका पशुपालन कृषकहरू जेठदेखि असोजसम्म गाई, भैँसी, भेडा, बाख्रा लिएर बुकी क्षेत्रमै बस्छन् ।

ढोरपाटन क्षेत्रका स्थानीयको घुम्ती बसाइँ, घुम्ती पठन पाठन, घुम्ती व्यापार र जीवनशैली पनि अध्ययन र अवलोकनको लागि आकर्षक विषय हुन् । बुकी क्षेत्रमा गोठालाहरूले प्रयोग गर्ने भेडा, बाख्राको उनबाट तयार गरिएको घुम, काम्लो, कम्मल पनि गज्जबको देखिन्छ । स्थानीय खोलेका होटेल, घरबासले पर्यटकलाई सहज बनाएको छ ।

मध्यपहाडी लोकमार्गको यात्रा पछि बुर्तिवाङदेखि तीस किलो मिटर यात्रा पछि ढोरपाटन पुगिन्छ । ढोरपाटन सिकार आरक्ष प्रवेश गर्दा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को कानुनी व्यवस्था अनुसार नेपाली नागरिकलाई एक सय, सार्क मुलुकका नागरिकलाई एक हजार पाँच सय र विदेशी नागरिकलाई तीन हजार रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

बुकी क्षेत्रमा पर्यटकलाई लैजाने गरी योजना तयार गरेको कँडेलले बताए । ढोरपाटन क्षेत्रका उच्च पहाड, बुकी क्षेत्र, कोणधारी जंगल, ताल, घुम्ती बसाई, जीवनशैली, तिब्बतीय संस्कृति, उत्तरजंगा, ढोरबराह क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य हुन ।

सडक मार्गको स्तरवृद्धि गर्नु मुख्य समस्या छ । पर्यटन विकासको लागि ढोरपाटन क्षेत्रमा पहुँच मार्गको उचित सम्बोधन गर्नुपर्ने वडा नम्बर ६ का अध्यक्ष पुनको भनाई छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ३२ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम