१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने



काठमाडौ । फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ । तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ ।

गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनियता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए । विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो ।

फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ । त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

‘यस प्रविधिमा भविष्यमा सकारात्मक रुपमा प्रयोग गरिने केसहरुलाई गोपनियता, नियन्त्रण र पारदर्शिता कायम राख्दै सबल पार्ने क्षमता छ भन्ने हामीलाई विश्वास लाग्छ। हामीले कसरी कम्प्युटिङ प्लेटफर्म र उपकरणले मानिसका आवश्यकता पूरा गर्न सक्छौं भन्नेमा पनि अन्वेषण जारी राख्नेछौं,’ मेटाका प्रवक्ता जेसन ग्रोसले भने ।

रिपोर्टका अनुसार मेटाले विभिन्न खालका बायोमेट्रिक उपकरण प्रयोगलाई निरन्तरता दिन्छ किनभने यो आक्रामक रुपमा मेटाभर्समा रुपान्तरित हुन्छ । आर्टिफिसियल इन्टिलिजेन्स प्रविधियुक्त डिपफेसकोे अनुहार पहिचान प्रणाली प्रयोगकर्ताको तस्बिरका साथै सिर्जना गरेको फेसियल टेम्प्लेटसँग मेल खान्छ ।

मेटाको मेटाभर्स एक बहुप्रयोगकर्ता भिआर स्पेस हो, पोर्टल हार्डवेयरमार्फत् जसको पहुँचमा पुग्न सकिन्छ । वास्तविक समयअनुसार ट्रयाकिङका साथ यो प्लेटफर्मले तथ्यांक संकलनमा नयाँ सहजता प्रदान गर्छ, जुन फेसबुकद्वारा धकेलिएको सीमाभन्दा धेरै टाढा जान्छ ।

वास्तवमा, डिपफेससँग बनाएको योजनाबारे मेटाले खुलासा गरेको छैन । तर, कम्पनीले प्रयोगकर्तालाई आगामी परिवर्तनबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘आगामी दिनमा यस्ता खालका प्रविधिको सम्भावित उपयोेगका लागि नागरिकले यसको प्रयोगबारे कस्तो चाहना राखछन्, यो प्रणाली र यसभित्र रहेको डाटालाई मानिसहरुले कसरी नियन्त्रण गर्न सक्छन् भन्नेबारे हामी उनीहरुलाई सुसूचित गरिहन्छौं । हामी कसरी नवप्रवर्तनको ढाँचालाई अगाडि बढाउँछौं भन्नेबारे पनि जानकारी दिन्छौं,’ ग्रोसले भने ।

ग्रोसले यसो भनिरहँदा फेसबुकमा रहेको अनुहार पहिचान गर्ने पद्धतिसँग यो मेल खाँदैन । फेसबुकमा अनुहार चिन्ने प्रणाली सुरु भएको नौ वर्षपछि यसबारे विभिन्न टीकाटिप्पणी सुरु भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ३१ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११