२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आइसिसी टी-ट्‍वान्टी विश्वकप क्रिकेट : दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा



काठमाडौं । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनि अष्ट्रेलिया आइसिसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । समूह-१ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ०१ बजे

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न