२ कार्तिक २०८३, सोमबार | October 19, 2026

प्रधानन्यायाधीस विरुद्ध आन्दोलनमा सहभागी हुन बारद्वारा कानून व्यवसायीलाई आह्वान



काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइसँग जुम गरेको बारले सोमबार (२२ कात्तिक)देखि सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ ।

‘प्रधानन्यायाधीसज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टी सहितको विरोध कार्यक्रमहरु सम्पन्न भएका छन् । मिति २०७८ कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिईने भएकोले काठमाडौं उपत्यकामा रहनु भएका सम्पूर्ण कानून व्यवसायीज्यूहरुलाई उक्त कार्यक्रममा बिहान १०ः३० बजे नेबाएमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालोपट्टी सहितको विरोध कार्यक्रममा सरिक भईदिनुहुन हार्दिक आह्वाान गर्दछौं’, आइतबार महासचिव लिलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशभरिका बार एकाईका अध्यक्ष, सचिवज्यूहरुसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिने बताइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीस र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।

न्यायाधीसहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दबाब दिइरहेका छन् । उनीहरू पनि भोलि बिहानैबाट जबरा विरुद्धको आन्दोलनको रणनीति तय गर्न बैठक बस्दै छन् ।

एक न्यायाधीसका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीसले समेत जबरा विरुद्धको रणनीति तय गर्नेछन् ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : २८ बजे

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको

दरवाङमा सडक कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङमा सडक पुगेको करिब दुई

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली । बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला