२१ असार २०८३, आइतबार | July 6, 2026

ओलीको भाषणलाई डा.बाबुरामको चुनाैती : पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन



काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली तथ्यहिन कुरा गर्दे हिँडेको आरोप लगाएका छन् । डा. भट्टराईले आज उनको ट्वीटरमा ट्वीट गर्दै एमाले अध्यक्ष ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिएका हुन् ।

ओलीले आज कर्णाली काठमाडों सम्पर्क मञ्चको कार्यक्रममा जनयुद्धका बेला जुनयुद्धकै पैसाले भट्टराई पुत्रीले बेलायतमा पढेको प्रसंग उजागर गर्दै बेलायत पढाउने पैसा बाबुरामसंग कहाँबाट आयो ? भनेर प्रश्न गरेका थिए । भट्टराईले ओलीको आरोपको खण्डन गर्दै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न ओलीलाई चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको डा. भट्टराईको टिप्पणी छ ।

भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्ध पूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

ओलीले आजै जनयुद्ध चलिरहेका बेला भट्टराई पुत्रीले बेलायत पढेको बताउँदै आफुहरुले भिसा पाउन नसक्ने देशमा युद्ध लडिरहेको पार्टीका नेताको छोरीले कसरी भिसा पाईन् ? भनेर समेत प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ३५ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ