२९ माघ २०८२, बिहिबार | February 12, 2026

सुस्तामा भारतीय एसएसबीको अनधिकृत नापजाँच



नवलपारसी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरेका छन् ।

नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्ताको विवादित स्थानबाट आइतबार भारतीय सुरक्षा बल एसएसबीको एउटा टुकडी अनाधिकृत रुपमा नेपाली भूमिमा हतियारसहित प्रवेश गरी नेपाली भूमिको नापजाँच गरेको सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताए ।

भारतीय सुरक्षाकर्मी एसएसबीको एउटा टोली अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेर नेपाल तर्फको सुस्ताको भूभाग फित्ताले नापजाँच गरेको र नेपाली भूमिबाट भारतीय सुरक्षा फौजले ड्रोन समेत उडाएको सुस्ताका स्थानीयवासी कैलन हरिजनले बताए ।

करिब १२ जनाको टुकडीले झोलुङगे पुलदेखि करिब १५० मिटरको दुरीमा आई नेपाली भूमिको नापजाँच गरेका थिए । यो घटनाको जानकारी स्थानीयवासीले सुस्तास्थित सुरक्षा पोष्टमा गराइएको थियो । स्थानीयवासीले तत्काल नेपाली सुरक्षा कर्मीलाई सूचना गरेपछि माथिल्लो निकायमा सूचना दिने भन्दै अलमल गरेर पछि त्यहाँ पुग्दा भारतीय एसएसवी त्यहाँबाट गैसकेको थिए ।

स्थानीयवासीले भारतीय एसएसवी नेपाली भूमिमा पसेको खबर पाएको भए पनि आधिकारिक रुपमा पुष्टि हुन नसकेकाले सो बारेमा थप बुझ्नका लागि सोमबार प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा कर्मीको टोली घटनास्थलतर्फ हिँडेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र्र कुमार मिश्रले बताए ।

गत वर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भूभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेकोमा अहिले नापजाँच गर्ने फित्ता (स्केल) र रजिस्टार बुक लिएर सुस्तामा प्रवेश गरेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । नेपाली पक्षले भने प्रभावकारी तरिकाले प्रतिवाद नगरेको भन्दै केही स्थानियवासीले दुःख व्यक्त गरेका छन् । (गोरखापत्र अनलाईनबाट)

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : ५३ बजे

लुम्बिनी वल्ड स्कुलको अध्यक्षमा गोपाल टण्डन

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाबाट गोपाल

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल