२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

राखेप सदस्य–सचिव ढकालद्वारा पदवहाली



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् ।

कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव हुन् ।

पदवहालीपछि सदस्य–सचिव ढकालले नवौं राष्ट्रिय खेलकुद र आर्थिक वर्ष २०७८/७९ का महत्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।

पदवहालीअघि सदस्य–सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ३० बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात