४ पुस २०८२, शुक्रबार | December 20, 2025

आयल निगमको १२ औ दिनमा अर्को ज्यादती : डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य ३ रुपैयाँका दरले बृद्दी



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य बढेको १२ औ दिनमा पुनः पेट्रोलियम पदार्थको मुल्य बढाइएको छ । नेपाल आयल निगमले अघिल्लो पटक बढाएको १२ औ दिनमा डिजेल पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । आज मध्यरातीबाट बढ्ने मुल्यसँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य आज मध्यरातदेखि लागि हुने निगमले जनाएको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मुल्य ३ रुपैयाँकै दरले बढाएको थियो । त्यसैगरि निगमले खाना पकाउने ग्यासमा पनि एकै पटकमा ७५ रूपैयाँ मुल्य बृद्दी गरेकाे छ । काठमाडाैंमा अव ग्यासकाे मुल्य १५७५ पर्नेछ ।

निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.१७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा  छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको