२९ माघ २०८२, बिहिबार | February 13, 2026

आयल निगमको १२ औ दिनमा अर्को ज्यादती : डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य ३ रुपैयाँका दरले बृद्दी



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य बढेको १२ औ दिनमा पुनः पेट्रोलियम पदार्थको मुल्य बढाइएको छ । नेपाल आयल निगमले अघिल्लो पटक बढाएको १२ औ दिनमा डिजेल पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । आज मध्यरातीबाट बढ्ने मुल्यसँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य आज मध्यरातदेखि लागि हुने निगमले जनाएको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मुल्य ३ रुपैयाँकै दरले बढाएको थियो । त्यसैगरि निगमले खाना पकाउने ग्यासमा पनि एकै पटकमा ७५ रूपैयाँ मुल्य बृद्दी गरेकाे छ । काठमाडाैंमा अव ग्यासकाे मुल्य १५७५ पर्नेछ ।

निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.१७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा  छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४० बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक