११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ए डिभिजन लिग तीन दिन सर्‍यो



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग तीन दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई तीन दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो ।

एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई तीन दिन पर सारेको जनाएको छ ।

एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउनेसमेत जनाएको छ ।

यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको हो । यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो ।

१४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (बढुवा) हुनेछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ०१ बजे

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका