२९ माघ २०८२, बिहिबार | February 13, 2026

नेपाल बारको गम्भीर आरोप : आन्दोलन दबाउन प्रधानन्यायाधीसले भिजिलान्ते र बिचौलिया प्रयोग गरे



काठमाडौंं । नेपाल बार एसोसिएसनले वकिलहरुको प्रदर्शनमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ ।

बारले बिहीबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्च अदालत परिसरको वकिलहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोमा विरोध गरेको हो ।

बारले विज्ञप्ति जारी गर्नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलन दबाउन प्रहरी, बिचौलिया र भिजिलान्ते प्रयोग गरेको गम्भीर आरोप लगाएको छ । बिहीबारको शान्तिपूर्ण आन्दोलनमा प्रहरी लगाएर बल प्रयोग र हातपात गरेको बारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यहि २०७८ कार्तिक १४ गते देखि न्यायपालिकाको विकृति, विसंगती, विचौलिया, भ्रष्ट्राचारको पृष्ठपोषक प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको राजिनामा माग गरि निरन्तर शान्तिपूर्ण विरोध कार्यक्रम गरि आएकोमा प्रधान न्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरि लोकतन्त्रप्रेमी न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलिमा विभिन्न हतकण्डाहरु गरिआएको छ ।’

‘प्रधानन्यायाधीशले गरेको यस्तो हर्कतको नेपाल बार एसोसिएसनले घोर निन्दा र भर्त्सना गर्दछ’, बारले भनेको छ, ‘यस्तो हर्कत भविष्यमा नदोहोर्‍याउन चेतावनी समेत दिन चाहन्छौँ । आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै वहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँछौं’, विज्ञप्तिमा छ ।

बिहीबारको विरोध प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट बारका पूर्व पाध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भटृराई लगायतका कानुन व्यवसायीहरु घाइते भएका थिए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ५२ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक