४ पुस २०८२, शुक्रबार | December 20, 2025

महोत्तरीमा तासको खालबाट १० जना पक्राउ



महोत्तरी । महोत्तरीको बर्दिबासमा तासको खालबाट १० जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिबास नगरपालिका-१ स्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-१ बस्ने ४० वर्षीय दीपक शर्मा, ३५ वर्षीय नवराज तिमल्सिना, ४२ वर्षीय प्रकाश न्यौपाने, २४ वर्षीय सुरज खड्का, ३७ वर्षीय दीपक न्यौपाने रहेका छन् ।

यस्तै बर्दिबास-३ बस्ने ३९ वर्षीय धनबहादुर वाइबा, ४० वर्षीय डोरमणि ढकाल, २७ वर्षीय राजीव थापा, २४ वर्षीय सुजन आचार्य र सिन्धुली तीनपाटन नगरपालिका- ३ का ३७ वर्षीय टिका हायूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई अहिले इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ । भोलि नै उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको