२१ मंसिर २०८२, आइतबार | December 8, 2025

कांग्रेस सभापतिका १० आकांक्षी



काठमाडौं । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे अबको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४ औं महाधिवेशन तय भएको छ ।

कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अघि सरेका छन् ।

सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै तीन जना आकांक्षी देखिएका छन् । देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपिदिएका छन् भने नेता गोपालमान श्रेष्ठ पनि मैदानमा उत्रने संकेत गरिरहेका छन् । यसले कांग्रेसभित्रको संस्थापन समूहमा पनि विभाजनको अवस्था देखाएको छ ।

यसैगरी, संस्थापन इतर समूहबाट पौडेलसँगै हालका महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा.शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गर्दै आइरहेका छन् । यो समूहभित्र पनि एकल उम्मेदवार बन्ने अवस्था छैन ।

यसैगरी १३ औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता सिटौलाले पनि यसपटक आफू टिम बनाएरै मैदानमा उत्रिने घोषणा गरिसकेका छन् । ‘म पार्टी नेतृत्वका लागि टिमसहित मैदानमा होमिने तयारीमा छु,’ सिटौलाले भने ।

यस्तै, युवा नेता कल्याण गुरुङले पनि पार्टीलाई नयाँ तरिकाबाट अघि बढाउन आवश्यक रहेको भन्दै पुरानो शैलीले अब पार्टी नचल्ने र सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

महाधिवेशनमा होमिएको कांग्रेसको नेतृत्वका लागि सभापति देउवालाई आफ्नै समूहबाट अप्ठ्यारो पर्ने अवस्था बन्दै गइरहेको छ भने इतर समूहमा पनि एकले अर्कालाई स्वीकार्ने अवस्था देखिएको छैन ।

केही दिनअघि पूर्वमहामन्त्री सिंहले त देउवा र पौडेलबाट पार्टी नचल्ने र उनीहरूले पार्टीलाई नेतृत्व दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

कांग्रेस उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच मिलेर अघि बढ्ने विषयमा चरणबद्ध रूपमा आलोपालो गरी एकअर्काको निवासमा छलफलसमेत हुँदै आइरहेको छ । यसरी हेर्दा अबको महाधिवेशनमा कांग्रेसभित्रको पुराना गुट भत्कने र नयाँ समूहबीचमा समीकरण बन्ने अवस्था देखिँदै गइरहेको छ ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहको नेतृत्वसमेत छानिसकेको छ । बाँकी १३ जिल्लाको वडा अधिवेशन कांग्रेसले भोलि शनिबार गर्दै छ ।

अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवारहरू मैदानमा छन् ।

कांग्रेसको गत १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नेतृत्व चयन नभएपछि सिटौला बाहिरिएका थिए भने दोस्रो चरणमा सिटौलाले देउवालाई साथ दिएपछि देउवा पौडेललाई हराउँदै सभापति निर्वाचित बनेका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ४९ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब