२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम



काठमाडौं । पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिटै विभिन्न १० अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान भर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिट्टै संसारका विभिन्न १० वटा नयाँ गन्तव्यमा थप उडान भर्ने निर्णय गरेको हो ।

निगमका अनुसार आगामी केही दिनमा हाल काठमाडौं उडान भरिरहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थाई एयरवेजसँगको सहकार्यमा काठमाडौं-बैंकक-सियोलदेखि काठमाडौं-बैंकक-सिड्नीसम्मको उडान भर्ने भएको हो । निगमले थाई एयरका साथै अन्य विभिन्न तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू अल निप्पोन एयरलाइसन्स, कुवेत एयरलाइसन्स र इमिरेट्स एयरलाइन्ससँग सहकार्य गरी आफ्नो अन्तर्राष्ट्रिय उडान विस्तारका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले यस्तो जानकारी गराएकी हुन् । उनले निगमले गरेको यस्तो निणर्यबाट अब १ अर्का वायुसेवाहरूको गन्तब्य रुटमा यात्रा गर्ने हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको बताइन् ।

निगमले हालै सम्पन्न गरेका सम्झौताहरूबाट युरोपका विभिन्न सहरहरू, अस्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिने उनको भनाइ छ । उनले सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी भएको यस्तो सम्झौतामार्फत अब काठमाडौंबाट विभिन्न गन्तव्यमा यात्रा यर्ने यात्रुलाई थप सहजता हुने बताइन् ।

यसले आगामी दिनमा निगमलाई थप आयआर्जन हुनुको साथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि हुने दाबी गर्दै निगमकी प्रवक्ता श्रेष्ठले भनिन, ‘निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूमार्फत अब यस प्रकारका टिकटहरू सहजै प्राप्त गर्न सकिनेछ ।’

यसैगरी, उनले यी १० वटा गन्तव्यहरूसँगै निगमले बिस्तारै आगामी दिनमा काठमाडौंबाट अमेरिकाका विभिन्न सहरहरूमा समेत यसप्रकारको सम्झौताबाट यात्रुहरूलाई सेवा प्रदान गर्न अन्य विभिन्न वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेको पनि जानकारी गराइन्छ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५२ बजे

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले