२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

जहाजको इञ्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिन ल्याएर चलाउने प्रवृत्ति सहन सकिन्न : प्रधानमन्त्री

चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न निर्देशन



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इजरायलमा रहेको इञ्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी छन् ।

निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले जहाजको इञ्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने बताए । “आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ, यता भाडा बढेको बढ्यै छ”, उनले भनिन्, “सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ ।”

उनले कुनै प्रक्रियागत बहाना नगर्न निर्देशन दिँदै जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गरिन् । उनले भनिन्, “मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन, गलत काम गर्दा मात्र डराउनुहोस् ।”

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ८ : ५९ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न