३० चैत्र २०८२, सोमबार | April 13, 2026

आन्दोलनकारी कानुन व्यवसायीलाई सर्वोच्च प्रवेश निधेष



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको नेपाल बार आवद्ध आन्दोलकारी कानुन व्यवसायीहरुलाई नै सर्वोच्च प्रवेशमा रोक लगाईएको छ । कडा सुरक्षा सहित सर्वोच्चको गेट बन्द गरिएपछि आन्दोलनरत कानुन व्यवसायीहरु नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन् ।

सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै अदालतको गेटमै तैनाथी बढाएको हो । बारको टोली सर्वोच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएको छ । सुरक्षा घेरा छिचोलेर भएपनि सर्वोच्चमा धर्ना दिइने अधिवक्ता ओमप्रकाश अर्यालले बताए । ‘गिरफ्तारी हुनुपरे पनि तयार छौँ, तर आन्दोलन जारी रहन्छ,’ उनले भने ।

सर्वोच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वोच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : २२ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि