२१ माघ २०८२, बुधबार | February 4, 2026

छाङरू र तिंकरमा जनगणना कहिले ? भारतीय बाटो हिँड्न नपाएपछि गणक गाउँ पुग्नै पाएनन्



दार्चुला । २५ कात्तिकदेखि मुलुकभर जनगणना भइरहेको छ । तर, दार्चुलाको ब्यास गाउँपालिका-१ मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन ।

ब्यास गाउँपालिका-१ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरूमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरू गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

अतिक्रमित क्षेत्रको समेत बैक्लपिक विधिबाट जनणना गर्ने दाबी तथ्यांक विभागले गरिरहेका बेला अतिक्रमित क्षेत्र नजिकका नेपालकै प्रशासनिक अधिकार कायम रहेका गाउँमा समेत जनणना हुन सकेको छैन । ती गाउँमा जान नेपालको भूगोल भएर बाटो नभएका कारण भारतीय प्रशासनसँंग अनुमति लिनुपर्ने बाध्यता छ । तर, गणकलाई सो क्षेत्रमा जानका भारतीय प्रशासनले अनुमति नदिएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

दार्चुलाका ९ वटा स्थानिय तहका ६१ वटै वडामा जनणनाका लागि १ सय ८३ जना गणक खटाइएको छ । जिल्लाका अन्य वडामा जनगणनाका लागि २३ कात्तिकमा नैै गणक खटाइएको थियो ।

ब्यास गाउँपालिका-१ का गाउँहरू तिंकर र छाङरुमा जनगणनाको जिम्मेवारी पाएका राजेन्द्र कार्कीलाई भारतीय बाटो प्रयोग गर्न भारतीय प्रशासनले हाल सम्म अनुमति नदिएपछि गणना हुन नसकेको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अन्र्तगतको धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई गणकले भारतीय बाटो प्रयोग गर्नका लागि अनुमति मागेको भए पनि हालसम्म उक्त पत्रको कुनै जवाफ नआएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाइ छ ।

भारतको धार्चुला तहशिल अन्र्तगत छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रबेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवश्यक हुन्छ । छियालेकबाट करिब ५ किलोमिटर उत्तरी क्षेत्रमा नेपाली गाउँ छाङरू जाने महाकाली नदीमाथि काठको पुल छ । उक्त नाकालाई सीतापुल भनिन्छ ।

ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकलाई भारतीय प्रशासनले अमुति दिइरहे पनि गणकलाई भने अनुमति दिन भारतीय प्रशासनले अल्मल्याइरहेको छ । ‘सुरुमा बाटो अवरुद्ध छ, बाटो खुलेपछि अनुमति दिन्छौ भनेर जवाफ आएको थियो । तर, बाटो अवरुद्ध छैन, अरुले अनुमति पाइरहेका पनि छन् । गणकले अनुमति पाएका छैनन्,’ जनगणना अधिकारी पाण्डेले भने ।

बिहीबार भारतको धार्चुला प्रशासनलाई छाङरू र तिंकरमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरणका लागि पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताइन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ४९ बजे

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन