२९ भदौ २०८३, सोमबार | September 14, 2026

चितवनबाट २८ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट (नामावलीसहित)



चितवन । नेकपा (एमाले)चितवनले १० औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि छनोट गरेको छ । २८ जनाको लागि २ सय ६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरी सर्वसम्मत रुपमा छनोट गरेको हो ।

महाधिबेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीको संयोजकत्वमा चार केन्द्रीय सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलले चितवनको तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा उत्पीडन क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन-१ बाट १० जना, २ बाट नौ जना, ३ बाट सात जना र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जना छनोट भएका हुन् । एमालेको १० औँ महाधिवेशन १-१२ मंसिरसम्म चितवनमा हुँदै छ ।

हेर्नुहोस् महाधिवेशन प्रतिनिधिको नामावली

निर्वाचन क्षेत्र नम्बर १

(खुलातर्फ) : जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस), नारायण वन, यादव पाठक, कमल पाठक

(महिलातर्फ) : प्रभा बराल, सुनिमाया चेपाङ, विमला दुवाडी

निर्वाचन क्षेत्र नम्बर २ बाट
(खुलातर्फ) : कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने

(महिलातर्फ) : सूर्यवदना हमाल, शान्ति अधिकारी, माया सिलवाल

निर्वाचन क्षेत्र नम्बर ३ बाट
(खुलातर्फ) : हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना

(महिलातर्फ) : पार्वती रावल, सरस्वती विष्ट

दलित तथा उत्पीडन क्षेत्रबाट : शिवकुमारी गोतामे, श्यामलाल विक

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : १४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ