१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देहीका सञ्चारकर्मी बालमैत्री समाचार लेख्न प्रतिवद्ध



बुटवल । रुपन्देहीका पत्रकारहरुले स्थानीयतहलाई बालमैत्री बनाउने पक्षमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने पूर्व तयारी अनुसार सञ्चारकर्मीहरुका बीच भएको अन्तरक्रियामा उपस्थित सञ्चारकर्मीहरुले तिलोत्तमालाई बाल मैत्री नगर घोषणा गराउने विषयमा सामूहिक रुपमा प्रतिवद्धता जनाएका छन् । उनीहरुले आ आफ्नो सञ्चारमाध्यममा बालमैत्री समाचारहरु संप्रेषण गर्ने र स्थानीय तहले बालमैत्री स्थानीय तह बनाउने क्रममा गर्ने क्रियाकलापको खबरदारी गर्ने समेत बताएका छन् ।

सञ्चारकर्मीहरुको तर्फबाट अन्तरक्रियमा धारणा राख्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी उपाध्यक्ष अमृता अनमोलले बालमैत्री नगर कागजमा मात्रै नभई व्यवहारमा पनि हुनुपर्नेमा जोड दिइन् । उनले स्थानीयतहले स१चारकर्मीहरुलाई क्षेत्रगत विभाजित नगर्न आग्रह गर्दै समान व्यवहार गर्न सुझाव दिईन् । नगरलाई बालमैत्री बनाउनका लागि निगरानी तथा हौसला प्रदान गर्ने गरी कलम चलाउने सञ्चारकर्मीहरुको तर्फबाट उनले प्रतिबद्धता जनाईन् ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण सूचकहरुको पालना गर्दै अघि बढ्ेको जनाउँदै त्यसलाई सफल बनाउन सञ्चारकर्मीहरुको प्रमुख भूमिका हुने बताए । उनले व्यवहारिक रुपमै बालमैत्री नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णु बहादुर चौबेले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि पनि बालमैत्री स्थानीय तह हुन आवश्यक रहेको बताए । उनले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायहरुलाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुरुप तिलोत्तमाले रुपन्देहीमा पहिलो र उदाहरणीय कामको थालनी गरेको बताए ।

तिलोत्तमालाई २०७८ मंसिर २९ गते बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ४८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम