२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

रुपन्देहीका सञ्चारकर्मी बालमैत्री समाचार लेख्न प्रतिवद्ध



बुटवल । रुपन्देहीका पत्रकारहरुले स्थानीयतहलाई बालमैत्री बनाउने पक्षमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने पूर्व तयारी अनुसार सञ्चारकर्मीहरुका बीच भएको अन्तरक्रियामा उपस्थित सञ्चारकर्मीहरुले तिलोत्तमालाई बाल मैत्री नगर घोषणा गराउने विषयमा सामूहिक रुपमा प्रतिवद्धता जनाएका छन् । उनीहरुले आ आफ्नो सञ्चारमाध्यममा बालमैत्री समाचारहरु संप्रेषण गर्ने र स्थानीय तहले बालमैत्री स्थानीय तह बनाउने क्रममा गर्ने क्रियाकलापको खबरदारी गर्ने समेत बताएका छन् ।

सञ्चारकर्मीहरुको तर्फबाट अन्तरक्रियमा धारणा राख्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी उपाध्यक्ष अमृता अनमोलले बालमैत्री नगर कागजमा मात्रै नभई व्यवहारमा पनि हुनुपर्नेमा जोड दिइन् । उनले स्थानीयतहले स१चारकर्मीहरुलाई क्षेत्रगत विभाजित नगर्न आग्रह गर्दै समान व्यवहार गर्न सुझाव दिईन् । नगरलाई बालमैत्री बनाउनका लागि निगरानी तथा हौसला प्रदान गर्ने गरी कलम चलाउने सञ्चारकर्मीहरुको तर्फबाट उनले प्रतिबद्धता जनाईन् ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण सूचकहरुको पालना गर्दै अघि बढ्ेको जनाउँदै त्यसलाई सफल बनाउन सञ्चारकर्मीहरुको प्रमुख भूमिका हुने बताए । उनले व्यवहारिक रुपमै बालमैत्री नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णु बहादुर चौबेले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि पनि बालमैत्री स्थानीय तह हुन आवश्यक रहेको बताए । उनले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायहरुलाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुरुप तिलोत्तमाले रुपन्देहीमा पहिलो र उदाहरणीय कामको थालनी गरेको बताए ।

तिलोत्तमालाई २०७८ मंसिर २९ गते बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ४८ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित