१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

प्रधानन्यायाधीस जबराको पत्रकार सम्मेलन : विधिको पक्षमा दृढतापूर्वक उभिन आह्वान



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले विधिको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।

आफु विरुद्ध सहकर्मी न्यायाधीसहरुसहित नेपाल बार एशोसिएसन र न्याय सम्बद्ध सबै संस्थाहरु आन्दोलनमा रहेकै बेलामा प्रधानन्यायाधीस जबराले सर्वोच्च अदालतभित्र पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सर्वोच्चका प्रवक्तामार्फत आफ्नो प्रेस विज्ञप्ति पढाएका जबराले आफुमाथि अनर्गल र झुठ्ठा आरोप लगाइएको जिकिर गरेका छन् ।

न्यायपालिकामाथि आरोप लगाउनु चिन्ताजनक विषय भएको जबराले बताएका छन् ।

‘सर्वोच्च अदालत एकमात्र पवित्र संस्था हो । यसमाथि निरन्तर प्रहार गरेर न्यायपालिकाको पवित्रतामाथि प्रहार गरिएको छ ।’ जबराले भनेका छन् ।

प्रधानन्यायाधीस जबराले आन्दोलनमा उत्रिएका कानूनव्यवसायीहरुलाई वार्ता र संवाद्मा आउन आह्वान गरेका छन् । उनले न्यायालयमा सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न  हरिकृष्ण कार्कीको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न बार र बेन्चबीच संवाद हुनुपर्ने पनि प्रधानन्यायाधीस जबराले बताएका हुन् ।

भित्र प्रधानन्यायाधीस जबराले पत्रकार सम्मेलन गरिरहँदा बाहिर भने कानूनव्यवसायीहरु उनी विरुद्ध आन्दोलनमा उत्रिँदै प्रहरीसँग घम्साघम्सी गरिरहेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ३० बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी