३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

दीपमा देउसीभैलो तथा पुरस्कार वितरण



बुटवल । दीप बोर्डिङ हाई स्कूलमा हरिबोधनी एकादशीका दिन सांस्कृतिक देउसी, भैलो तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

दीप सांस्कृतिक परिवारको सक्रियतामा तिहारको मौलिक संस्कृतिलाई जोगाउँदै विद्यार्थीहरूलाई तिहार र देउसीभैलोको महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्रकुमार शाक्यले बताए ।
त्यसैगरी कार्यक्रममा साउन ९ गते सम्पन्न अभिभावक कविता वाचन प्रतियोगितामा प्रथम हुने रन्जु गौतम घिमिरेलाई रु ५ हजार, द्वितीय हुने विमला अर्याललाई रु ३ हजार, तृतीय हुने सुन्दर तरामुलाई रु. २ हजारसहित प्रमाणपत्र र अन्य सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर, जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा अब्बल नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नेपाल बाल सङ्गठनले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा जुनियर तर्फ प्रथम हुन सफल सम्राट श्रेष्ठ र चित्रकला प्रशिक्षक सुमित्रा रानालाई सम्मान गरिएको थियो ।

विद्यालयका उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको प्रमुख आतिथ्यता, उपप्राचर्य ज्ञानु थापा तथा कलाधर अर्याल, प्लस टु संयोजक वसन्त कुमार जोशी, वि.व्य.सं सदस्य विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपालको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन विजय सापकोटा, नृत्य निर्देशन किशोर थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

कार्यक्रममा वाद्यवादन, भट्याउने काम र नृत्य प्रदर्शन दीप सांस्कृतिक परिवारका कलाकार विद्यार्थीहरूले गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र