१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

दीपमा देउसीभैलो तथा पुरस्कार वितरण



बुटवल । दीप बोर्डिङ हाई स्कूलमा हरिबोधनी एकादशीका दिन सांस्कृतिक देउसी, भैलो तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

दीप सांस्कृतिक परिवारको सक्रियतामा तिहारको मौलिक संस्कृतिलाई जोगाउँदै विद्यार्थीहरूलाई तिहार र देउसीभैलोको महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्रकुमार शाक्यले बताए ।
त्यसैगरी कार्यक्रममा साउन ९ गते सम्पन्न अभिभावक कविता वाचन प्रतियोगितामा प्रथम हुने रन्जु गौतम घिमिरेलाई रु ५ हजार, द्वितीय हुने विमला अर्याललाई रु ३ हजार, तृतीय हुने सुन्दर तरामुलाई रु. २ हजारसहित प्रमाणपत्र र अन्य सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर, जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा अब्बल नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नेपाल बाल सङ्गठनले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा जुनियर तर्फ प्रथम हुन सफल सम्राट श्रेष्ठ र चित्रकला प्रशिक्षक सुमित्रा रानालाई सम्मान गरिएको थियो ।

विद्यालयका उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको प्रमुख आतिथ्यता, उपप्राचर्य ज्ञानु थापा तथा कलाधर अर्याल, प्लस टु संयोजक वसन्त कुमार जोशी, वि.व्य.सं सदस्य विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपालको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन विजय सापकोटा, नृत्य निर्देशन किशोर थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

कार्यक्रममा वाद्यवादन, भट्याउने काम र नृत्य प्रदर्शन दीप सांस्कृतिक परिवारका कलाकार विद्यार्थीहरूले गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५६ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट