७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् ।

गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए ।

सोमबार नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री राइले आफ्नो पक्षमा मत पुग्ने दाबी गरेका छन् ।

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।

९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।

प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ३० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल