२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश-१ प्रदेशसभा बैठकमा एमाले सांसद अनुपस्थित, मुख्यमन्त्री राईले भोलि मात्र विश्वासको मत लिने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज लिने भनेको विश्वासको मतमाथिको प्रक्रिया भोलि मात्र अघि बढ्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्री राईले लिने विश्वासको मतको प्रक्रिया बुधबारसम्म पछि सरेको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव नेकपाको बन्दका कारण सांसदहरु उपस्थित हुन नसक्ने जनाएको थियो । तर, सत्तारुढ गठबन्धनका दलहरुले बैठक रोक्न सहमत नभएपछि एमाले अनुपस्थित भएको हो ।

एमालेको अनुपस्थितिकै बीच सुरु भएको बैठकलाई सभामुख प्रदीपकुमार भण्डारीले बुधबार ११ बजेसम्मको लागि स्थगित गरेका थिए । प्रमुख प्रतिपक्षी दलका एक जना मात्र सांसद पनि नभएपछि सभामुख भण्डारीले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  २ : ५५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका