१२ बैशाख २०८१, बुधबार | April 24, 2024

प्रदेश-१ प्रदेशसभा बैठकमा एमाले सांसद अनुपस्थित, मुख्यमन्त्री राईले भोलि मात्र विश्वासको मत लिने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज लिने भनेको विश्वासको मतमाथिको प्रक्रिया भोलि मात्र अघि बढ्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्री राईले लिने विश्वासको मतको प्रक्रिया बुधबारसम्म पछि सरेको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव नेकपाको बन्दका कारण सांसदहरु उपस्थित हुन नसक्ने जनाएको थियो । तर, सत्तारुढ गठबन्धनका दलहरुले बैठक रोक्न सहमत नभएपछि एमाले अनुपस्थित भएको हो ।

एमालेको अनुपस्थितिकै बीच सुरु भएको बैठकलाई सभामुख प्रदीपकुमार भण्डारीले बुधबार ११ बजेसम्मको लागि स्थगित गरेका थिए । प्रमुख प्रतिपक्षी दलका एक जना मात्र सांसद पनि नभएपछि सभामुख भण्डारीले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  २ : ५५ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल