१५ बैशाख २०८१, शनिबार | April 27, 2024

उपचारको निहुँमा बालिका बलात्कार



बर्दिया । बर्दियामा उपचार गर्ने भन्दै बालिका बलात्कार गर्ने एक ७२ बर्षिय बृद्ध पक्राउ परेका छन् । उपचार गराउन घरमा आएकी १४ बर्षिया बालिकामाथी बलात्कार गर्दै गर्दा स्थानीय देखेपछि घटना खुलासा भएको हो ।

बिहान करिब १० बजे घरमा बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा अर्का उपचार गराउन आएका व्यक्तिले देखेपछि वृद्ध भागेका थिए । उनी भारततर्फ भाग्दै गरेको अवस्थामा राजापुर नगरपालिका ९ भिम्मापुरबाट प्रहरीले उनलाई पक्राउ गरेको कार्कीले बताए ।

उपचार गराउन उनको घरमा आएकी १४ वर्षीया बालिकामाथि मंगलबार बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार पीडित बालिका एक वर्षदेखि मृगी रोगको उपचार गराउन जान्थिन । अनुसन्धानमा बृद्धले जडिबुटीको उपचार गराउने काम १५ वर्ष अघि देखि गर्दै आए पनि जडिबुटी सम्बन्धी औपचारीक अध्ययन नभएको खुलासा भएको छ । उनले आफ्नै घरमा मृगी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेको व्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएका थिए । उनले एकपटकको सर्पले टोकेको ५ हजार, पिनासको ५ हजार र मृगीको ८ हजार उपचार शुल्क लिने गरेका थिए ।

उनीबाट कोही पीडित भएको भए प्रहरीको सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गरेको छ । वृद्ध आफ्नी दुई जना श्रीमतीसँग सोही घरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ४९ बजे

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति