२५ भदौ २०८३, बिहिबार | September 10, 2026

उपचारको निहुँमा बालिका बलात्कार



बर्दिया । बर्दियामा उपचार गर्ने भन्दै बालिका बलात्कार गर्ने एक ७२ बर्षिय बृद्ध पक्राउ परेका छन् । उपचार गराउन घरमा आएकी १४ बर्षिया बालिकामाथी बलात्कार गर्दै गर्दा स्थानीय देखेपछि घटना खुलासा भएको हो ।

बिहान करिब १० बजे घरमा बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा अर्का उपचार गराउन आएका व्यक्तिले देखेपछि वृद्ध भागेका थिए । उनी भारततर्फ भाग्दै गरेको अवस्थामा राजापुर नगरपालिका ९ भिम्मापुरबाट प्रहरीले उनलाई पक्राउ गरेको कार्कीले बताए ।

उपचार गराउन उनको घरमा आएकी १४ वर्षीया बालिकामाथि मंगलबार बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार पीडित बालिका एक वर्षदेखि मृगी रोगको उपचार गराउन जान्थिन । अनुसन्धानमा बृद्धले जडिबुटीको उपचार गराउने काम १५ वर्ष अघि देखि गर्दै आए पनि जडिबुटी सम्बन्धी औपचारीक अध्ययन नभएको खुलासा भएको छ । उनले आफ्नै घरमा मृगी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेको व्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएका थिए । उनले एकपटकको सर्पले टोकेको ५ हजार, पिनासको ५ हजार र मृगीको ८ हजार उपचार शुल्क लिने गरेका थिए ।

उनीबाट कोही पीडित भएको भए प्रहरीको सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गरेको छ । वृद्ध आफ्नी दुई जना श्रीमतीसँग सोही घरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ४९ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त