३२ असार २०८३, बिहिबार | July 17, 2026

पश्चिम तराईमा सबै जनतालाई कोभिड विरुद्धको खोप लगाउने पहिलो जिल्ला बन्दै बर्दिया



बर्दिया । बर्दिया जिल्लामा १८ बर्ष भन्दा बढि उमेरका सबै जनतालाई कोभिड १९ विरुद्ध खोप लगाईने भएको छ । बर्दिया जिल्लामा हाल सम्म लगाउन बाँकी रहेका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बर्दियामा हाल सम्म खोप लगाउन मिल्ने १८ बर्ष भन्दा माथिका ३७ प्रतिशतले मात्र खोप लगाएका छन् । बर्दिया जिल्लामा १८ बर्ष भन्दा माथिका दुई लाख ७८ हजार १६ जना रहेकोमा हाल सम्म पहिलो डोज खोप लगाएका एक लाख १६ हजार तिन १७ जना रहेका छन् भने दुई डोज खोप लगाएका एक लाख एक हजार चार सय ९७ रहेका छन् । बर्दियामा एक डोज पनि खोप नलगाएकाको संख्या एक लाख ६१ हजार ६ सय ९९ जना रहेको छ । सुरुमा पहिलो डोज खोप लगाईने र दोस्रो डोज खोपको लागि माग गर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । उनले पश्चिम तराईमा सबै जनतालाई खोप लगाउने पहिलो जिल्ला बर्दिया भएको दाबी पनि गरे ।

बर्दिया जिल्लाका बाढि प्रभावित क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सोमबार देखि खोप लगाउन सुरु गरीएको छ । भने आगामी मंसिर ८ गते देखि १८ गते सम्म बर्दिया जिल्लाका ६ ओटा पालिकामा खोप लगाईने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

सबै जनतालाई खोप लगाउने अभियान सञ्चालन गरीने भएपनि कतिपयले खोप लगाउन नजाने र जिल्ला देखि बाहिर रहेकाहरुले सबै जनालाई खोप लगाउन चुनौती देखिएको प्रमुख गिरीले बताए ।

बर्दियामा पहिलो चरणमा १५ हजार ९ सय १७ पीसीआर टेस्ट गरेकोमा एक हजार ४ सय ४२ जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरी दोस्रो चरणमा चार हजार तिन सय ३६ जनामा पीसीआरआर टेस्ट गरेकोमा दुई हजार दुई सय ९६ पोजेटिभ देखिएको थियो । भने १० हजार ४४ जनामा एन्टिजेन टेष्ट गरीएकोमा तिन हजार २ सय ८६ जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरी बर्दिया जिल्ला भन्दा बाहिर भएको परिक्षणमा एक हजार ९ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बर्दिया जिल्लामा हाल सम्म दुई सय ३८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : ३६ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना