७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ बजार भाउ



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल