८ बैशाख २०८१, शनिबार | April 20, 2024

पूरा अवधि बैठक नबसेरै अन्त्य भयो लुम्बिनीको नवौं अधिवेशन



बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एकदिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।

लगत्तै १ भदौमा प्रदेशसभाको अधिवेशन आह्वान भएको थियो । तर तीन महिनासम्म चलेको अधिवेशनमा प्रदेशसभाको बैठक एकदिन पनि पूरा अवधि बसेन ।

बैठक आह्वान भएकै दिन मुख्यमन्त्री केसीले एमालेको अवरोधका बीच विश्वासको मत लिएका थिए । प्रदेश सरकारले अघिल्लो सरकारले ल्याएको बजेटविरुद्ध प्रतिस्थापन विधेयक ल्याइ नीति कार्यक्रम समेत प्रस्तुत गरेको थियो भने एमालेको अवरोधकै बीच प्रतिष्थापन विधेयक र नीति कार्यक्रम पारित भएका थिए । त्यसपछि सरकारले नयाँ बजेट ल्याएर प्रदेशसभाबाट केही विधेयकसमेत पारित गराएको थियो ।

एमालेले पनि आफ्ना दुई सांसदमाथिको कारवाही सदर नभएसम्म सदन चल्न नदिने भन्दै बैठक अवरुद्ध गर्नुका साथै केही बैठक बहिस्कार गरेको थियो । आफूहरुको सहभागिताबिनै पारित भएका विधेयक र सरकारले गरेका निर्णय कानुनविपरित भएकाले मान्य नहुने एमाले प्रदेशसभाका सचेतक भूमिश्वर ढकालले बताए ।

लुम्बिनी प्रदेशसभामा सूर्य चुनाव चिन्ह लिएर जितेका नवलपरासीका अजय शाही र दाङकी विमला खत्री वली माओवादी केन्द्रमा लागेपछि एमालेले कारवाही गरेको थियो । कारवाही गरेका सांसदलाई सभामुखले वैधानिकता नदिएको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गरिरह्यो । सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले गरेको कारवाहीमा कानुनी आधार नदेखिएको बताएका छन् । अहिले शाही मन्त्री र वली राज्यमन्त्री छन् । सभामुख सत्तारुढ दलको इशारामा चलेको भन्दै एमाले सभामुखसँग टाढिएको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ०१ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको