११ श्रावण २०८३, सोमबार | July 27, 2026

पूरा अवधि बैठक नबसेरै अन्त्य भयो लुम्बिनीको नवौं अधिवेशन



बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एकदिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।

लगत्तै १ भदौमा प्रदेशसभाको अधिवेशन आह्वान भएको थियो । तर तीन महिनासम्म चलेको अधिवेशनमा प्रदेशसभाको बैठक एकदिन पनि पूरा अवधि बसेन ।

बैठक आह्वान भएकै दिन मुख्यमन्त्री केसीले एमालेको अवरोधका बीच विश्वासको मत लिएका थिए । प्रदेश सरकारले अघिल्लो सरकारले ल्याएको बजेटविरुद्ध प्रतिस्थापन विधेयक ल्याइ नीति कार्यक्रम समेत प्रस्तुत गरेको थियो भने एमालेको अवरोधकै बीच प्रतिष्थापन विधेयक र नीति कार्यक्रम पारित भएका थिए । त्यसपछि सरकारले नयाँ बजेट ल्याएर प्रदेशसभाबाट केही विधेयकसमेत पारित गराएको थियो ।

एमालेले पनि आफ्ना दुई सांसदमाथिको कारवाही सदर नभएसम्म सदन चल्न नदिने भन्दै बैठक अवरुद्ध गर्नुका साथै केही बैठक बहिस्कार गरेको थियो । आफूहरुको सहभागिताबिनै पारित भएका विधेयक र सरकारले गरेका निर्णय कानुनविपरित भएकाले मान्य नहुने एमाले प्रदेशसभाका सचेतक भूमिश्वर ढकालले बताए ।

लुम्बिनी प्रदेशसभामा सूर्य चुनाव चिन्ह लिएर जितेका नवलपरासीका अजय शाही र दाङकी विमला खत्री वली माओवादी केन्द्रमा लागेपछि एमालेले कारवाही गरेको थियो । कारवाही गरेका सांसदलाई सभामुखले वैधानिकता नदिएको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गरिरह्यो । सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले गरेको कारवाहीमा कानुनी आधार नदेखिएको बताएका छन् । अहिले शाही मन्त्री र वली राज्यमन्त्री छन् । सभामुख सत्तारुढ दलको इशारामा चलेको भन्दै एमाले सभामुखसँग टाढिएको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ०१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला