२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कोभिड घटेसँगै राहदानी बनाउनेको संख्या बढे



बुटवल । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो ।

विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको संख्यामा कमी आएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा राहदानी बनाउने घटेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो संख्या आर्थिक वर्ष २०७५/७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६/७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०७८(७९ को कात्तिक मसान्तसम्म बिगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन् । ‘कोरोना महामारीका कारण विदेश जानेको संख्या घटेको हो, स्थिति सहज बन्दै गएपछि राहदानी बनाउने फेरि बढ्न थालेका छन्,’ उनले भने ।

आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए । जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन् । सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन् । त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष भन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन् ।

कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात आर्थिक वर्ष २०७५/७६ मा भने राहदानी बनाउनेको संख्या उल्लेख्य थियो । यो आर्थिक वर्षमा ६ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सातहजार २९ वटा राहदानी जारी भएका छन् । उक्त आर्थिक वर्षमा एक हजार १३३ वटा द्रुत सेवाका राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : २७ बजे

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल