९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाबा रामदेवले भने – मलाई नेपालीले धेरै माया गर्छन्



काठमाडौं । काठमाडौं भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका छन् ।

पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उनले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका हुन् ।

‘भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्’, उनले भने, ‘३० वर्षअघि मलाई कोही चिन्दैन थे । तर, त्यतिखेर पनि नेपालसँग परिचित थिएँ । अहिले सारा नेपालीले चिन्दछन् ।’

भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको भन्दै उनले भने, ‘हाम्रो पूर्वज संस्कृति धर्मले हामी एकै हो । म राजनीतिक दृष्टिले भारतको नागरिक हुँ । सांस्कृतिक रूपले म विश्वकै नागरिक हुँ ।’

नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको बताएका उनले यसमा पतञ्जलिको पनि भूमिका रहेको बताए ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष राजनीतिज्ञहरू सहभागी छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ५९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा