१२ असार २०८३, शुक्रबार | June 27, 2026

रामदेव भन्छन्- बलिउडमा चारैतिर लागुऔषध



मुम्बई । योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा आए ।

उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागुऔषध प्रयोगकर्ता भन्न छुटाएनन् ।

‘शाहरुख खानका छोरा लागुऔषध लिइरहेका छन् । सलमान लागुऔषध लिन्छन्, आमिरको थाहा छैन । थाहा छैन, कति ठूला–ठूला, जसलाई फिल्म स्टार भन्छन् । अभिनेत्रीको त भगवान नै मालिक हुन् । फिल्म उद्योगमा चारैतिर लागुऔषध मात्र छ’,उनले भने ।

रामदेवले बलिउडप्रति निशाना साँधेको यो पहिलोपटक होइन । यसअघि पनि उनले बलिउडप्रति आक्रोश पोख्दै आएका छन् ।

बलिउडमा लागुऔषध मामलामा कैयौं कलाकारहरु पक्राउ परिसकेका छन् । अभिनेता सुशान्त सिंह राजपूतका निधनपछि लागुऔषध मुद्धाले नयाँ चर्चा पायो । जसकारण नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले ठूला स्टारहरुलाई सोधपुछ नै गर्नुपर्यो ।

सन् २०२१ मा शाहरुखका छोरा आर्यन मुम्बईको एक क्रुज पार्टीमा पक्राउ परे । साथीसहित पक्राउ परेका उनलाई लागुऔषध प्रयोग गरिरहँदा पक्राउ गरेको आरोप लगाएर जेल नै पठाइएको थियो । यद्यपि उनले सुरुवातमा जमानत पछि क्लिन चिट नै पाए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ४८ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३