११ कार्तिक २०८३, बुधबार | October 28, 2026

सुस्ताएको सुरुङमार्गमा काठमाडौं सीडीओको छड्के



काठमाडौं । सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङमार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ ।

कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत दियो ।

सो आयोजना हाल निर्माणको क्रममा भए पनि कामकारबाही अत्यन्तै सुस्त भएको भन्दै चौतर्फी गुनासा आएका थिए । २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबीच सम्झौता भई निर्माण सुरु भएको सुरुङ मार्गको निर्माण कार्य हाल २३.०२ प्रतिशत मात्रै सकिएको छ । ४२ महिनामा सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको सो सुरुङ मार्गको काम भने दुई वर्ष बित्दासमेत निकै कम भएको छ ।

अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अन्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढे पनि सो कार्य निकै सुस्त छ । प्रमुख जिल्ला अधिकारी रिजालले सो आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी निर्देशन दिइएको बताए । विगतमा जग्गा प्राप्ति र स्थानीयसँग सम्बन्धित समस्या समाधान भएकाले अब निर्माण कार्यमा ढिलाइ गर्न नहुनेमा रिजालले जोड दिए ।

स्थानीयको मुआब्जा पाउन नसकेको गुनासो’ पनि आयोजनासँग छलफल भएको र जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गर्ने काम सम्पन्न गरिसकेकाले अब समस्या नहुने उनले बताए । आयोजना सम्पन्न गर्नेसम्बन्धमा आयोजनाका पदाधिकारीसँग नियमित छलफल भइरहेको र आफूले गर्नुपर्ने सहयोग पनि गरिरहेको रिजालले बताए । आयोजनाअन्तर्गत नेपालमै पहिलोपटक फ्लाइओभर निर्माण हुनेछ ।

यसैगरी, आयोजनामा तीनवटा पुल र ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा-नौबिसे सडक खण्डमा दैनिक रूपमा हुने जाम हट्नेछ भने यात्रुलाई निकै सहज अनुभूति हुने बताइएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ०३ बजे

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते