२२ भदौ २०८३, सोमबार | September 8, 2026

सुस्ताएको सुरुङमार्गमा काठमाडौं सीडीओको छड्के



काठमाडौं । सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङमार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ ।

कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत दियो ।

सो आयोजना हाल निर्माणको क्रममा भए पनि कामकारबाही अत्यन्तै सुस्त भएको भन्दै चौतर्फी गुनासा आएका थिए । २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबीच सम्झौता भई निर्माण सुरु भएको सुरुङ मार्गको निर्माण कार्य हाल २३.०२ प्रतिशत मात्रै सकिएको छ । ४२ महिनामा सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको सो सुरुङ मार्गको काम भने दुई वर्ष बित्दासमेत निकै कम भएको छ ।

अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अन्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढे पनि सो कार्य निकै सुस्त छ । प्रमुख जिल्ला अधिकारी रिजालले सो आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी निर्देशन दिइएको बताए । विगतमा जग्गा प्राप्ति र स्थानीयसँग सम्बन्धित समस्या समाधान भएकाले अब निर्माण कार्यमा ढिलाइ गर्न नहुनेमा रिजालले जोड दिए ।

स्थानीयको मुआब्जा पाउन नसकेको गुनासो’ पनि आयोजनासँग छलफल भएको र जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गर्ने काम सम्पन्न गरिसकेकाले अब समस्या नहुने उनले बताए । आयोजना सम्पन्न गर्नेसम्बन्धमा आयोजनाका पदाधिकारीसँग नियमित छलफल भइरहेको र आफूले गर्नुपर्ने सहयोग पनि गरिरहेको रिजालले बताए । आयोजनाअन्तर्गत नेपालमै पहिलोपटक फ्लाइओभर निर्माण हुनेछ ।

यसैगरी, आयोजनामा तीनवटा पुल र ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा-नौबिसे सडक खण्डमा दैनिक रूपमा हुने जाम हट्नेछ भने यात्रुलाई निकै सहज अनुभूति हुने बताइएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ०३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार