१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

काठमाडौंलगायत प्रमुख सहरमा वायुप्रदूषण बढ्दै



काठमाडौं । काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।

कात्तिक अन्तिम सातादेखि प्रदूषणको मात्रा बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन उनीहरूले सुझाव दिएका हुन् । बढ्दो प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । वायुप्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेज अनिश्चित कालका लागि बन्द गरिएको छ ।

वायुप्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेज बन्द गरेका हुन् । नेपालमा पनि राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा प्रदूषणको मात्रा उच्च हुँदै गएको हो । नयाँ दिल्ली र पाकिस्तानमा प्रदूषण बढी भएपछि त्यसको असर नेपालमा पनि देखापरेको वातावरण क्षेत्रका विज्ञहरूले बताएका छन् । बिहीबार धनगढीमा उच्च प्रदूषण भएको पाइएको छ ।

गत वर्ष प्रदूषण बढेपछि सरकारले विद्यालय नै बन्द गर्ने निर्णय गरेको थियो । यो वर्ष पनि प्रदूषणका कारण शैक्षिक संस्था तथा यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने मौसमविद्हरूले बताएका छन् । मौसममा देखिएको परिवर्तनसँगै वायुप्रदूषण पनि ह्वात्तै बढेको हो । वायुको गुणस्तरको सूचकांक (एक्यूआई) अनुसार बिहीबार राति १० बजे नेपालका सहरमध्ये बढी प्रदूषित सहरका रूपमा धनगढी देखिएको थियो ।

बिहीबार राति धनगढीमा एक्यूआई १९३ थियो भने विराटनगरमा एक्यूआई १९१ मापन गरिएको थियो । यसैगरी, काठमाडौंमा एक्यूआई १७३ मापन गरिएको वातावरण विभागको वायुप्रदूषण मापन शाखाले जनाएको छ । रत्नपार्कमा एक्यूआई १८८ र ललितपुरको भैंसेपाटीमा १६७ भन्दा बढी मापन गरिएको थियो । सो अंकले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउने वातावरणविद् भूषण तुलाधर बताए ।

वायु गुणस्तरको व्यवस्थापनका लागि सरकारले दुई वर्षअघि काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएर ३०० भन्दा बढी भए विपद्को रूपमा लिने जनाएको थियो । काठमाडौं उपत्यकाको भौगोलिक बनोटका कारण पनि वायु प्रदूषणका लागि जोखिम बढिरहेको र संवेदनशील अवस्थामा रहेको वातावरणविद् तुलाधर बताउँछन् ।

उनले भने, ‘बिहीबार र शुक्रबार बादल धेरै लागेको थियो र यसले गर्दा कचौरा आकारको काठमाडौं उपत्यकाको प्रदूषण जहाँको तहीँ रह्यो, दोस्रो भनेको काठमाडौं उपत्यकाको वरिपरिका वनहरूमा डढेलोको कुराहरू पनि आइरहेका छन् र तेस्रो कारण भनेको जाडोका कारण मानिसहरूले आगो ताप्ने, फोहोर बाल्ने गरेका छन् त्यसले पनि हिजो र आज नै वायु प्रदूषणको अवस्था खराब देखाएको हो ।’ उपत्यकाको बनोटकै कारण वायु प्रदूषणको प्रतिकूल अवस्था दोहोरिरहने भन्दै यसको न्यूनीकरणका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने तुलाधर बताउँछन् ।

यो वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने चिकित्सकहरू बताउँछन् । भेरी अस्पतालमा कार्यरत डा। राजन पाण्डेले जाडोमा न्यानोका लागि बन्द कोठामा कोइला बाल्ने, हिटर चलाउनेजस्ता काम रोक्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘बरु बाक्लो लुगा लगाएर, तातो पानी पिएर आफूलाई न्यानो राख्नुपर्छ । दमका बिरामीहरू पनि अत्यावश्यक काम परे मात्रै बाहिर जाने नत्र घरभित्रै बस्ने गर्नुपर्छ ।’ वातावरणविद् तुलाधर भने खासगरी अहिलेको प्रदूषणका बेला ट्राफिक धेरै हुने क्षेत्रमा बिहान बेलुका नहिँड्न, मास्क लगाएर मात्रै घरबाहिर निस्किन र न्यानोका लागि आगो नबाल्न सुझाउँछन् । ‘हिँड्नै परे पनि दिउँसो २-३ बजेको समयमा ठीक हुन्छ । बिहान र बेलुकाको समयमा हामीले हिँड्दा स्वास्थ्यमा बढी असर गर्छ ।’

वायुप्रदूषणको स्तर बढेको भन्दै सरकारले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई सजग रहन आग्रह गरेको छ । वातावरण विभागले प्रदूषणबाट दम र खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगीहरू बढी प्रभावित हुनेसमेत जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : १० बजे

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान