१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आज नेपालगन्जमा सातौं नेपालगन्ज म्याराथन



नेपालगन्ज । नेपालगन्जमा आज सातौं धारा नेपालगन्ज म्याराथन हुँदैछ । म्याराथनका लागि नेपालगन्जको विपी चोकमा धावक र सहभागीहरु भेलाहुने क्रम सुरु भएको छ । ८ बजेबाट सुरु हुने म्याराथनका लागि सयौंको संख्यामा धावक तथा सहभागीहरु नेपालगन्जमा भेला भएका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजबाट उदघाटन हुने म्याराथनमा सहभागी हुन नेपालका सिने जगतका महानायक राजेश हमाल, किर्तिमानी धावक बैकुण्ठ मानन्धर, आलम्पियन तथा प्रदेश सरकारका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल नेपालगन्ज पुगी सकेका छन् ।

म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ ।

आयोजक संस्थाका संयोजक टिएस ठकुरीका अनुसार हाफ म्याराथन महिला तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् । १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।

त्यसैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।

नेपाल सरकार र तत्कालिन बिद्रोही माओवादीकाबीच शान्ति सम्झौता भएको २०६३ मंसिर ५ गते को स्मरणमा धारा नेपालगन्ज म्याराथन संचालन हुँदै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ५१ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने