१२ पुस २०८२, शनिबार | December 27, 2025

गृह जिल्लामा कमजोर बन्दै गृहमन्त्री खाँण, भाइको निर्देशनमा कार्यकर्ताको नाकको डाँडी भाँचियो



बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आन्तरिक संगठनमा आफ्नै जिल्ला रूपन्देहीमा भारी पर्न गएको छ ।

आफ्नै गृह जिल्लामा आफ्नै स्वकिय सचिव जिताउन नसकेका खाँणले आफ्नो पक्षमा जित्ने अवस्था नदेखिएपछि कार्यकर्ता उतारेर आक्रमणमै उत्रिएको खाण इतर समुहले आरोप समेत लगाएका छन् ।

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत रूपन्देहीमा आइरहेको निर्वाचन परिणामलाई हेर्दा खाँण आफ्नै जिल्लामा कमजोर देखिने निश्चित जस्तै भएको छ ।

प्राप्त भइरहेको परिणाममा रुपन्देहीको क्षेत्र नम्बर २ अन्तर्गत दुई वटै प्रदेशसभा क्षेत्रबाट खाँण समुहलाई पाराजित गर्दै पौडेल पक्षको प्यानल विजयी भएको छ । सोही प्रदेशको २ ‘क’ बाट लुम्बिनी प्रदेश प्रतिनिधिको रूपमा उम्मेदवार बनेका खाणका स्वकीय सचिव विजेश न्यौपाने समेत पराजित भएका छन् । रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेत समावेश गरेर बनाइएको प्रदेशमा खाँण समूहको प्यानल नै पराजित भएको छ ।

सोही निर्वाचन क्षेत्रबाट देउवाका विशेष सम्बन्ध रहेको भनिएका लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका छन् ।

उक्त क्षेत्रबाट खाँण समूहले माधवलाल देवकोटाको नेतृत्वमा प्यानल चुनावी मैदानमा उतारेको थियो । रूपन्देहीको क्षेत्र नम्बर २ ‘ख’ मा पनि खाण समूहका उम्मेदवारहरुलाई पराजित गर्दै पौडेल समूहले सफलता प्राप्त गरेका छन् ।

उक्त क्षेत्रबाट पौडेल समूहका परशुराम ढकाल नेतृत्वको प्यानल निर्वाचित भएको छ । बुटवल उपमहानगरमा पकड रहेको भनिएका रामेश्वर श्रेष्ठ ढकालसँग पराजित भएका छन् ।

शुक्रबार सम्म सम्पन्न प्रदेशसभा क्षेत्र निर्वाचनमा तीन वटा क्षेत्रमा मात्र खाँण निकटको प्यानल विजयी भएको छ ।

खाण समूहबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट नवीनराज आचार्यको समूह र ‘ख’ बाट मदनप्रसाद पोखरेलको प्यानल विजयी भएको छ । रुपन्देहीको ३ ‘ख’ बाट पनि खाण समूहका घनश्याम चालिसे नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

सोही निर्वाचन क्षेत्र ३ ‘क’ मा भने मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ । उता ता प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ र ख मा महामन्त्री शशाँक कोइराला समूहको प्यानल नै विजयी बनेका छन् । सो क्षेत्रको ४ ‘क’ मा शिवकुमार यादव र ४ ‘ख’ मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ ।

यता प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ मा ‘क’ र ‘ख’ दुबै निर्वाचन क्षेत्रमा देउवा पक्षकै भनिएका भरतकुमार शाह पक्षका उम्मेदवारहरू विजयी भएका छन् । पछिल्लो समय भरत शाह देउवा छाडेर विमलेन्दै निधि निकट गएको अनुमान गरिएको छ । खाणको विपक्षमा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा शाहको उपस्थितीले उनले खाणलाई नसघाउने पक्का पक्की देखिएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने ‘ख’ बाट यसअघि नै शाहनिकट समूह निर्विरोध निर्वाचित भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : ५७ बजे

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक

नागरिक उन्मुक्ति पार्टी पुनः एकीकरण हुँदै, रेशम-रञ्जिता आज एउटै मञ्चमा

काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल