९ भदौ २०८३, मंगलबार | August 25, 2026

देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ, त्यो नै माओवादी एजेण्डा हो : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताएका हुन् ।

समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताए । ‘गरिबी अन्त्य गर्ने, असमानताको अन्त्य गर्ने, सामाजिक न्याय स्थापित गर्ने कुरा आजको प्रमुख कुरा हो’, उनले भने, ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर हामीले समुदायलाई बलियो बनाउनुपर्छ । सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्छ । मूलतः सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्न सक्छौँ ।’

मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए । ‘उत्पादनका साधन र स्रोतमाथि सामुदायिक स्वामित्व स्थापना गर्नुपर्छ । त्यसबाट मात्रै समाजवादको आधार तयार हुनसक्छ’, माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले भने, ‘यो हाम्रो भावी कार्यदिशा हो ।’

मन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राख्नुभयो । समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने उनले बताए ।

मन्त्री शर्माले समाजवादको प्रारम्भिक चरणमा पार्टी कमिटीहरूलाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने बताए । पार्टी कमिटीले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुपर्ने तथा अर्कोतिर सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानसमेत सँगसँगै लानुपर्ने उनको भनाइ छ । त्यसबाट सामाजवादको प्रारम्भिक चरण अघि बढ्ने उनले बताए ।

उनले हिमाल, पहाड, तराई÷मधेस, कर्णाली, दलित, जनजातिलगायतको आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्ने बताए ।

पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको बताउनुहुँदै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणा समेत राखे । गरिब, उत्पीडित, दलित, अल्पसंख्यकलगायतले चुनाव लड्न सक्ने प्रणाली नभएकाले अब सबैको समान प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता उनले औँल्याए । यो मुद्दा माओवादीले पहिले पनि उठाएको स्मरण गर्दै उनले संविधान निर्माण गर्दा त्यसमा पार्टीको फरक मत रहेको बताए । त्यस्तै पार्टीले विगतदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा उठाएको स्मरण गर्दै उनले पुनः त्यसलाई पार्टीले मुद्दा बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘यो देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ । त्यसले कम्तिमा पनि पाँच वर्ष आफ्नो भिजन कार्यान्वयन गर्न पाउनेछ’, उनले भने, ‘यो हाम्रो एजेन्डा बाँकी छ । यसलाई पुनः अगाडि लैजानुपर्छ ।’

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : ४१ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी